लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण बताए । प्रधानमन्त्री दाहालले जुन प्रकारले सङ्घर्ष गरेर देशमा सङ्घीयता र गणतन्त्र स्थापना गर्नुभयो त्यसको संरक्षण गर्न क्रियाशीलताका साथ लाग्नुहुन्छ भनेर विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ’, उनले भने। उनले पटक-पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक-पटक नआओस् भनी कामना समेत गरे ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया