डेढ वर्षदेखि डिप्रेसनमा छु : धुर्मुस

काठमाडौं । कलाकार सिताराम कट्टेल धुर्मुसले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।
‘म आज अलि आक्रोशित पनि हुन सकूँला । अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनले भने, ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’
भर्खरै नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता दर्शाएका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ?,’ उनले भनेका छन्, ‘के हामीले पाप गरेका थियौं ?’
टियू मैदानमा भएको उक्त खेलमा दर्शकहरू कोही भुईंमा त कोही रूख चढेरै खेल हेरेका थिए । यस्तो अवस्थामा नेपाल पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहलाई मज्जा आइरहेको होल ?,’ उनले प्रश्न गरे ।
रंगाशाला निर्माणको सपना धुर्मुस सुन्तलीको मात्रै नभएर सबै रहेको बताउँदै उनले निर्माणको काम रोकिनुको कारण उक्त भिडियोमा खुलाएका छन् ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया