प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकार कांग्रेसको हातमा भएकाले राम्रोसँग व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा उनले १० वटा दल मिलेर प्रचण्डको सकार बनेकाले यी सबै दललाई सम्हालेर लैजाने जिम्मा कांग्रेसकै भएको जिकिर गरे ।
‘१० वटा दल मिलेर प्रचण्डजीको सरकार बनेको छ । त्यो १० दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘यो सरकारलाई राम्ररी व्यवस्थापन गरेर लैजाने जिम्मा हामीले लिनुपर्छ ।’
कार्यक्रममा उनले १–२ दिनभित्रै कांग्रेस सरकारमा जाने भन्दै अब गल्ती गर्ने छुट आफूहरूलाई नभएको बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया