प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला

काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकार कांग्रेसको हातमा भएकाले राम्रोसँग व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा उनले १० वटा दल मिलेर प्रचण्डको सकार बनेकाले यी सबै दललाई सम्हालेर लैजाने जिम्मा कांग्रेसकै भएको जिकिर गरे ।
‘१० वटा दल मिलेर प्रचण्डजीको सरकार बनेको छ । त्यो १० दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘यो सरकारलाई राम्ररी व्यवस्थापन गरेर लैजाने जिम्मा हामीले लिनुपर्छ ।’
कार्यक्रममा उनले १–२ दिनभित्रै कांग्रेस सरकारमा जाने भन्दै अब गल्ती गर्ने छुट आफूहरूलाई नभएको बताए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया