‘थलाइवी’ का वितरकले निर्माताबाट पैसा पाएनन्, अदालत जाने तयारी

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले निकै राम्रो प्रशंसा पाएमध्येको फिल्म ‘थलाइवी’ का वितरकले निर्मातासँग ६ करोड रूपैयाँ माग गरेका छन् ।
भारतीय अभिनेतत्री तथा नेतृ जयललीताको जीवनीमा आधारित उक्त फिल्म रिलिजको डेढ वर्ष भइसकेको छ । तर फिल्मकले बक्स अफिसमा राम्रो कमाइ गर्न नसकेपछि वितरक जी इन्टरटेनमेन्टले निर्मातासँग ६ करोड रुपैयाँ फिर्ता मागेको हो ।
उक्त कम्पनीले चलचित्र निर्माताहरुबाट ६ करोडमा वितरण अधिकार किनेको थियो । तर फिल्मले व्यापार गर्न नसकेपछि निर्माताहरुले कम्पनीलाई क्षतिपूर्ति दिन सकेका छैनन् ।
रकम भुक्तानीका लागि वितरक कम्पनीले इमेल र पत्रमार्फत पटक–पटक ताकेता गरेपनि निर्माताबाट कुनै पनि प्रतिक्रिया नपाएपछि अदमलत जाने तयारीमा कम्पनी रहेकाे छ।
फिल्ममा कंगनाको अभिनय र लुक्सको निकै तारिफ भयो । तर, कोरोनाका कारण फिल्मले राम्रो व्यापार गर्न सकेन ।
पछिल्लो समय कंगना अभिनित फिल्म बक्स अफिसमा सफल हुन सकेका छैनन् । उनको फिल्म ढाकडका वितरक र निर्माता पनि घाटाबाट मुक्त हुन सकेका छैनन् ।
उनी चाँडै नै फिल्म ‘इमर्जेन्सी’मा देखिनेछिन् । यस फिल्ममा कंगनाले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । सन् १९७७ को आपतकालमा आधारित रहेको यो फिल्मलाई कंगना आफैंले निर्देशन गर्न लागेकी हुन् ।
उनी यतिबेला चलचित्र ‘चन्द्रमुखी २’ को सुटिङमा व्यस्त छिन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया