‘थलाइवी’ का वितरकले निर्माताबाट पैसा पाएनन्, अदालत जाने तयारी
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले निकै राम्रो प्रशंसा पाएमध्येको फिल्म ‘थलाइवी’ का वितरकले निर्मातासँग ६ करोड रूपैयाँ माग गरेका छन् ।
भारतीय अभिनेतत्री तथा नेतृ जयललीताको जीवनीमा आधारित उक्त फिल्म रिलिजको डेढ वर्ष भइसकेको छ । तर फिल्मकले बक्स अफिसमा राम्रो कमाइ गर्न नसकेपछि वितरक जी इन्टरटेनमेन्टले निर्मातासँग ६ करोड रुपैयाँ फिर्ता मागेको हो ।
उक्त कम्पनीले चलचित्र निर्माताहरुबाट ६ करोडमा वितरण अधिकार किनेको थियो । तर फिल्मले व्यापार गर्न नसकेपछि निर्माताहरुले कम्पनीलाई क्षतिपूर्ति दिन सकेका छैनन् ।
रकम भुक्तानीका लागि वितरक कम्पनीले इमेल र पत्रमार्फत पटक–पटक ताकेता गरेपनि निर्माताबाट कुनै पनि प्रतिक्रिया नपाएपछि अदमलत जाने तयारीमा कम्पनी रहेकाे छ।
फिल्ममा कंगनाको अभिनय र लुक्सको निकै तारिफ भयो । तर, कोरोनाका कारण फिल्मले राम्रो व्यापार गर्न सकेन ।
पछिल्लो समय कंगना अभिनित फिल्म बक्स अफिसमा सफल हुन सकेका छैनन् । उनको फिल्म ढाकडका वितरक र निर्माता पनि घाटाबाट मुक्त हुन सकेका छैनन् ।
उनी चाँडै नै फिल्म ‘इमर्जेन्सी’मा देखिनेछिन् । यस फिल्ममा कंगनाले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । सन् १९७७ को आपतकालमा आधारित रहेको यो फिल्मलाई कंगना आफैंले निर्देशन गर्न लागेकी हुन् ।
उनी यतिबेला चलचित्र ‘चन्द्रमुखी २’ को सुटिङमा व्यस्त छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया