यान्त्रिक चेकिङ : अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आज (विहिबार) गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
१ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका १९ ओटा र लाईटहरु दुरुस्त नभएका ७ ओटा गरी २६ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो ।
नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया