ज्यानमार्ने धम्कीपछि सलमानको ‘शो’ सारियो
एजेन्सी । सलमान खानको कोलकातामा हुने ‘शो’ मे-जुनमा सारिएको छ । लरेन्स बिश्नोई गिरोहबाट आएको धम्कीपछि ‘शो’ स्थगित गरिएको बताइएको छ । यसअघि यो ‘शो’ जनवरीमा हुने भएको थियो । त्यस समय पनि उक्त ‘शो’ रोकिएको थियो ।
भारतिय सञ्चारमाध्यका अनुसार जनवरीमा ‘शो’ स्थगित भएपछि यसको मिति अप्रिलमा राखिएको थियो तर अहिले फेरि मिति परिवर्तन गरी मे–जुनमा सारिएको हो । सलमान खान हरेक वर्ष देश र विदेशमा दबंग टुर गर्छन् । यसमा उनीसँगै अन्य धेरै सेलिब्रेटीहरू पनि शोमा भाग लिने गरेका छन् ।
यो पटक उनीसँग सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, आयुष शर्मा र गुरु रन्धावा छन् । सलमान खानलाई इमेलमार्फत ज्यानमार्ने धक्की दिइएको छ । यसबारे जानकारी पाएलगत्तै मुम्बई प्रहरीले गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ। यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खान र उनका बाबुको ज्यान मार्ने धम्की दिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया