NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मेसीले पूरा गरे ८०० गोल, पानामामाथि अर्जेन्टिनाको जित

काठमाडौं । स्टार फुटबलर लियोनल मेसीले आफ्नो करिअरको ८०० गोल पूरा गरेका छन् । कतार विश्वकपपछि पहिलो पटक अर्जेन्टिना मैदानमा उत्रिएको खेलमा मेसीले ८०० गोल पूरा गरेका हुन् ।

बिहीबार सम्पन्न पानामाविरुद्धको खेलमा अर्जेन्टिनाले दुई गोल गर्दै जित निकाल्यो । जसमा मेसीको एक गोल थियो ।

योसँगै राष्ट्रिय टिमका लागि मेसीले गरेको गोल ९९ पुगेको छ । क्लबतर्फ उनले ७०१ गोल गरेका छन् ।

अर्जेन्टिनाले अब खेल आगामी मंगलबार कुराकाओसँग खेल्नेछ ।