तीन महिना नपुग्दै गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार

काठमाडौं । माओवादी केन्द्रले गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय भएको संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमानले बताए ।
उनकाअनुसार माओवादीका मन्त्रीहरूले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । अधिकारी सरकारमा चुमानसहित माओवादीबाट उद्योग, पर्यटनमन्त्री रेशमबहादुर जुग्जाली छन् ।
खगराजको दुः ख : १३ दिनमा गृहमन्त्री गुम्यो, तीन महिना नपुग्दै मुख्यमन्त्री नै धरापमा
माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको छ । एमाले, माओवादी र राप्रपासहितको नेतृत्वमा अधिकारी २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रपति निर्वाचनमा संघमा सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशमासमेत सरकार भत्किएको हो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन अधिकारीले ३१ सांसादको समर्थन आवश्यक पर्छ ।
ताजा अपडेट
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
-
क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
-
कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रतिक्रिया