NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपालमा बेरोजगारीको अवस्था भयाभह बन्दै : आर्थिक रूपमा सक्रिय संख्या कति छन् ?

काठमाडौं । नेपालमा आर्थिक रूपमा सक्रिय हुने नेपालीको संख्या १ करोड ४९ लाख ८३ हजार रहेका छन् । उक्त संख्या १० वा सोभन्दा माथि उमेरका हुन् । यो तथ्यांक केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को हो ।

तथ्यांकअनुसार उक्त संख्यामध्ये सबैभन्दा बढी ५५.३ प्रतिशत नेपाली आफ्नै काममा संलग्न हुने गरेको पाइएको छ । त्यस्तै २८ प्रतिशतले अरुको काम गर्ने गरेको देखिएको छ भने १४.५ प्रतिशतले आफनै घरमा सघाउने गरेका छन् । ०.१ प्रतिशतले गर्ने कामबारे भने खुलिएको छैन ।

१० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरुमध्ये १ करोड ५६ लाख ८९ हजार ७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय छन् भने  ८२ लाख ११ हजार जना (३४.३ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८ हजार ७९ जना रहेका छन् ।

तथ्यांकअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका १ लाख ५६ हजार ८९ लाख ७७७ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १ करोढ १० लाख ३८ हजार १०५ जना (७०.३५ प्रतिशत) आर्थिकरुपले सक्रिय र ४६ लाख ५१ हजार ६७२ जना (२९.६५ प्रतिशत) आर्थिक रुपले निष्क्रिय रहेका छन् ।

१० वर्ष वा सोभन्दा बढी उमेरका १ करोड १० लाख ३८ हजार १०५ जना आर्थिक रुपले सक्रिय व्यक्तिहरुमध्ये १ करोड २ लाख ७० हजार ४४७ जना (९३.०५ प्रतिशत) रोजगार र ७ लाख ६७ हजार ६५८ जना (६.९५ प्रतिशत) बेरोजगार रहेका छन् ।

आर्थिक काममा संलग्नमध्ये सबैभन्दा धेरै कृषि वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन् । यसपछि क्रमशः थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२.५ प्रतिशत, निर्माणमा .१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३. प्रतिशत जनसंख्या संलग्न रहेका छन् । प्राप्त तथ्यांकअनुसार नेपालमा रोजगारदाताको संख्या भने १.४ प्रतिशत मात्रै देखिएको छ । बेरोजगरीको अवस्था भयाभह भन्दै गएको तथ्याङ्कले देखाएको छ ।

प्रदेशगत रुपमा

आफ्नै काम गर्ने सबैभन्दा बढी कर्णाली प्रदेशमा ६५.६ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ४९.० प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार
अरुको कामगर्ने सबैभन्दा बढी बागमती प्रदेशमा देखिएको छ । उक्त प्रदेशमा ३६ प्रतिशतले अरुको काम गर्ने गरेको पाइएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १५.२ प्रतिशत रहेका छन् ।

प्रदेशअनुसार हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी २.२ प्रतिशत रोजगारदाता रहेका छन् भने सबैभन्दा कम कर्णाली र सुदुरपश्चिम प्रदेशमा १.० प्रतिशत रहेका छन् ।

लैङ्गिक रुपमा

लैङ्गिक रुपमा आफ्नै काम गर्नेको संख्या पुरुषभन्दा महिला धेरै रहेका छन् । तथ्यांकअनुसार आफ्नै कामगर्ने पुरुषको संख्या ५२.० प्रतिशत रहेकोमा महिला ५९.० प्रतिशत छन् । त्यस्तै अरुको काम गर्ने पुरुष ३४.७ प्रतिशत र महिला २१.९ प्रतिशत छन् ।

क्षेत्रगत रूपमा
तथ्यांकअनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरुको आर्थिक कामको संस्थागत क्षेत्र अनुसार सबैभन्दा बढी ६१.८ प्रतिशत घरायसी क्षेत्रमा काम गर्ने गरेको देखिएको छ । दोस्रोमा गैर वित्तीय संस्थामा संलग्नता हुनेको संख्या ३२.७ प्रतिशत रहेको छ । सरकारी क्षेत्रमा ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत, नाफा नकमाउने संस्था ०.४ प्रतिशत संलग्न छन् । त्यस्तै सबैभन्दा कम ०.१ प्रतिशत नेपाली के काममा संलग्नता भए सोबारे खुलेको छैन ।

प्रदेशगत रुपमा घरायसी क्षेत्रमा काम गर्ने सबैभन्दा बढी कर्णाली प्रदेशमा ७६.९ प्रतिशत रहेको छ । सबैभन्दा कम भने बागमती प्रदेशमा ४६.३ प्रतिशत रहेका छन् । यसैगरी सरकारी क्षेत्रमा काम गर्ने सबैभन्दा बढी बागमती प्रदेशमा ५.१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा २.६ प्रतिशत रहेका छन् । लैङ्गिक रुपमा घरायसी क्षेत्रमा पुरुष ५७.६ प्रतिशत र महिला ६६.५ प्रतिशत रहेका छन् भने गैर वित्तीय संस्थामा पुरुष ३५.३ प्रतिशत र महिला २९.७ प्रतिशत रहेका छन् ।

८९ लाखले गर्दैनन् कुनै काम

दशवर्ष वा सोभन्दा बढी उमेरका ८९ लाख ७५ हजार व्यक्ति कुनै पनि आर्थिक काममा आवद्ध भएको देखिँदैन । त्यसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ । त्यसपछि अन्य कारणहरूमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बृद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको छ ।