फ्रान्ससँग नेदरल्याण्डको लज्जास्पद हार
काठमाडौं । नेदरल्याण्डमाथि फ्रान्सले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न युरोकप छनोटअन्तर्गतको खेलमा नेदरल्याण्ड फ्रान्ससँग ४–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।
फ्रान्सको जितमा कप्तान एमबाप्पे एक्लैले दुई, एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले समान एक–एक गोल गरे ।
खेल सुरु भएको दुई मिनेटमै ग्रिज म्यानले गोलको खाता खोलेकोमा आठौं मिनेटमा डायोटले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए । एम्बाप्पेले खेलको २१ औं र ८८ औं मिनेटमा गोल गरे ।
योसँगै फ्रान्स पहिलो खेलमा ३ अंक जोडेर समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ ।
अंकविहीन नेदरल्याण्ड भने समूहको अन्तिममा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया