NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फ्रान्ससँग नेदरल्याण्डको लज्जास्पद हार

काठमाडौं । नेदरल्याण्डमाथि फ्रान्सले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न युरोकप छनोटअन्तर्गतको खेलमा नेदरल्याण्ड फ्रान्ससँग ४–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

फ्रान्सको जितमा कप्तान एमबाप्पे एक्लैले दुई, एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले समान एक–एक गोल गरे ।

खेल सुरु भएको दुई मिनेटमै ग्रिज म्यानले गोलको खाता खोलेकोमा आठौं मिनेटमा डायोटले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाएका थिए । एम्बाप्पेले खेलको २१ औं र ८८ औं मिनेटमा गोल गरे ।

योसँगै फ्रान्स पहिलो खेलमा ३ अंक जोडेर समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ ।

अंकविहीन नेदरल्याण्ड भने समूहको अन्तिममा छ ।