ह्यारी केनले तोडे रुनीको रेकर्ड
काठमाडौं । इंग्ल्याण्डका स्टार स्ट्राइकर ह्यारी केनले युरो कप छनोटअन्तर्गत इटालीविरुद्धको खेलमा विशेष कीर्तिमान बनाएका छन् ।
इंग्ल्याण्डले इटालीलाई २–१ ले हराएको उक्त खेलको ४४ औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । योसँगै उनले राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । सन् २०१५ मा इंग्ल्याण्डको राष्ट्रिय टिममा डेब्यु गरेका उनले हालसम्म ८१ वटा खेल खेलेका छन्, जसमा उनले गरेको गोल संख्या ५४ छ ।
यसअघि वेन रुनीले ११९ औं खेलमा ५३ गोल गरेका थिए । उनले सन् २०१३ देखि २०१८ सम्म इङ्ल्यान्डका लागि खेलेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया