एयर इन्डिया र नेपाल एयरलाइन्सका जहाज झण्डै ठोक्किएपछि एटिसी कारवाहीमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकारणले तीनजना एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई कारवाही गरेको छ ।
गत शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज झण्डै ठोक्किने अवस्थामा पुगेपछि उनीहरूलाई केही समयका लागि सक्रिय जिम्मवारीबाट मुक्त गराइएको प्राधिकरणका प्रवक्ता जगन्नथा निरौलाले जानकारी दिए ।
‘दुई जहाजबीचको दूरी कायम नगराएका कारण उहाँहरूलाई प्राधिरणले केही समयका लागि निष्क्रिय गरएको हो,’ उनले भने, ‘शुक्रबार नै यस घटनामाथि छानविन गर्न समिति गठन भएको छ ।’
उनका अनुसार समितिले भोलिसम्म प्रतिवेदन बुझाएपछि थप कारवाही प्रक्रिया अघि बढ्ने छ ।
मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाका जहाज झण्डै ठोक्किएका थिए ।
त्यतिबेला एयर इन्डियाको जहाज १९ हजार फिटमा थियो भने नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा । एयर इन्डियाको जहाज ७ हजार फिट तल ओर्लिएपछि झण्डै दुई जहाज ठोक्किने अवस्था आएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया