लुम्बिनी सत्ता संकट : समर्थन फिर्ता नलिँदै कांग्रेसलाई सरकारमा जान हतारो
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिलाई प्रदेश सभाबाट विश्वासको मत लिने समय नै नदिइ गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
आइतबार तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्रसहित ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिन नपाउँदै महतले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन पेश गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेको माओवादी संसदीय दलको नेता जोगबहादुर महराले जानकारी दिए ।
उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादीसहित ९ दलका ५३ जना सांसदले हस्ताक्षर गरेका छन् । सरकारमा सहभागी दल विभाजन भएमा वा सरकारलाई समर्थन गर्ने दल विभाजित भएमा मुख्यमन्त्रीले तीन दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा उल्लेख छ । तर सत्ता साझेदार दलले सरकारलाई समर्थन फिर्ता लिन नपाउँदै कांग्रेसले सरकारमा जान अस्वभाविक हतारो देखाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया