लुम्बिनी सत्ता संकट : समर्थन फिर्ता नलिँदै कांग्रेसलाई सरकारमा जान हतारो
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिलाई प्रदेश सभाबाट विश्वासको मत लिने समय नै नदिइ गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
आइतबार तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्रसहित ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिन नपाउँदै महतले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन पेश गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलको समर्थन जुटाएर चौधरीले आइतबार मुख्यमन्त्री दाबी गरेको माओवादी संसदीय दलको नेता जोगबहादुर महराले जानकारी दिए ।
उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादीसहित ९ दलका ५३ जना सांसदले हस्ताक्षर गरेका छन् । सरकारमा सहभागी दल विभाजन भएमा वा सरकारलाई समर्थन गर्ने दल विभाजित भएमा मुख्यमन्त्रीले तीन दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा उल्लेख छ । तर सत्ता साझेदार दलले सरकारलाई समर्थन फिर्ता लिन नपाउँदै कांग्रेसले सरकारमा जान अस्वभाविक हतारो देखाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया