प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले राससलाई जानकारी दिए ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई गरेको परिपत्रमा भनिएको छ, “स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका/गाउँपालिकाले प्रचलित कानूनबमोजिम हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीलाई सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रिस्तर) को मिति २०७९/१२/०९ को निर्णयानुसार अनुरोध छ ।”
मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका/गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया