तीन एआइजीको सरूवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) को सरूवा गरेको छ ।
मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णय अनुसार उनीहरूलाई एआइजीमा बढुवा गरिएसँगै पदस्थापन गरिएको हो । नक्सालस्थित प्रहरी प्रधान कार्यालयका विभिन्न विभागमा रहेका तीन एआइजीको सरूवा भएको हो ।
हाल उक्त कार्यालयको मावनस्रोत विकास विभागमा रहेका टेकप्रसाद राईको महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा सरूवा भएको छ ।
कार्य विभागमा रहेका श्यामलाल ज्ञवालीलाई रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरूवा भएको छ भने प्रदेश समन्वय विभागका किरण बज्रचार्यलाई महारजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा सरूवा गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया