NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मृत्तक पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने

काठमाडौं । कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनको क्रममा ज्यान गुमाएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल तोकिएको राहत दिने निर्णय भएको हो ।

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा ५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका लिम्बुको चैत १० गते मृत्यु भएको थियो । त्यस्तै लिम्बुको मृत्युप्रति प्रदेश सरकारले दुःख व्यक्त गरेको छ ।