मेयर बालेनविरूद्ध किन भयो विरोध प्रदर्शन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरूद्ध सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् ।
महानगरले नदी किनार तथा बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।
महानगरको निर्णय संविधान र कानुनविपरीत भएको जिकिर गर्दै सुकुम्बासीहरूले सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
मेयर शाहले आफूहरूलाई उठिबास लगाउने काम गरेको आरोप लगाउँदै त्यसको विरोधमा प्रदर्शन गरिएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ ।
भूमिहीनहरूलाई जग्गाधनी पूर्जा नदिइ उठिबास लगाउन खोजिए महानगरविरुद्ध कडा संघर्ष गरिने मोर्चाले चेतावनी दिएका छन् ।
प्रतिक्रिया