मेयर बालेनविरूद्ध किन भयो विरोध प्रदर्शन ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरूद्ध सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् ।
महानगरले नदी किनार तथा बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।
महानगरको निर्णय संविधान र कानुनविपरीत भएको जिकिर गर्दै सुकुम्बासीहरूले सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
मेयर शाहले आफूहरूलाई उठिबास लगाउने काम गरेको आरोप लगाउँदै त्यसको विरोधमा प्रदर्शन गरिएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ ।
भूमिहीनहरूलाई जग्गाधनी पूर्जा नदिइ उठिबास लगाउन खोजिए महानगरविरुद्ध कडा संघर्ष गरिने मोर्चाले चेतावनी दिएका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया