प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान
काठमाडौं । मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जनालाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आइतबार उनीहरूलाई अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको थियो।
कारागार संजाय पाउनेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया