आकर्षक बन्दै ऐतिहासिक सत्र पोखरी
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका- १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ ।
अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।
आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताए ।
‘समथर भूभाग र ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौं’, उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौं, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ ।’ गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट तीन लाख रुपैयाँ खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ ।
ताजा अपडेट
-
दुई दिनको बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
अमेरिका र इरानबीचको शान्ति सम्झौताप्रति अनिश्चितता बढेसँगै कच्चा तेलको मूल्य वृद्धि
-
स्वास्थ्य बिमा दाबी भुक्तानीका निम्ति थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढाइयो
-
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
-
फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे


प्रतिक्रिया