मिटरब्याजपीडितको आन्दोलनमा रवि, भने– न्यायका लागि सक्दो प्रयास गर्छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडितको न्यायका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार जान प्रहरीले अवरोध गरेपछि टंगालमा रोकिएका मिटरब्याजपीडितलाई मंगलबार बिहान भेटेर लामिछानेले न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘म तपाईंहरूसँगै छु । आफ्नोतर्फबाट न्यायका लागि सक्दो प्रयास गर्छु,’ मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै लामिछानेले भने ।
सुदखोरले मिटरब्याजमा रकम लगाएर ज्यादति गरेपछि तराई तथा मधेसका पीडित जनताहरू न्याय माग्दै लामो समयदेखि संघर्षरत छन् । संघीय सरकारले पटक पटक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेपछि उनीहरू बाराबाट हिँडेरै राजधानी काठमाडौं आएर न्याय माग गरिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया