मिटरब्याजपीडितको आन्दोलनमा रवि, भने– न्यायका लागि सक्दो प्रयास गर्छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजपीडितको न्यायका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार जान प्रहरीले अवरोध गरेपछि टंगालमा रोकिएका मिटरब्याजपीडितलाई मंगलबार बिहान भेटेर लामिछानेले न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘म तपाईंहरूसँगै छु । आफ्नोतर्फबाट न्यायका लागि सक्दो प्रयास गर्छु,’ मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै लामिछानेले भने ।
सुदखोरले मिटरब्याजमा रकम लगाएर ज्यादति गरेपछि तराई तथा मधेसका पीडित जनताहरू न्याय माग्दै लामो समयदेखि संघर्षरत छन् । संघीय सरकारले पटक पटक समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेपछि उनीहरू बाराबाट हिँडेरै राजधानी काठमाडौं आएर न्याय माग गरिरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया