NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मिटर ब्याज पीडितको धर्नामा ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरूद्ध भयो नाराबाजी

काठमाडौं । केही दिनदेखि राजधानीलाई केन्द्रित गरेर विरोध गरिरहेका मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन राप्रपाका सांसद ज्ञानेन्द्र शाही मंगलबार दिउँसो माइतीघरमा पुगेका थिए ।

तर शाहीमाथि पीडितहरूले नाराबाजी र होहल्ला गर्न थालेपछि उनी त्यहाँबाट बाहिरिएका थिए । धर्नामा बसेका केही पीडितहरूले शाही राजावादी र सामन्ती भएको आरोप लगाए ।

आफूविरूद्ध नाराबाजी भएपछि शाहीले आफू कुनै दलको पृष्ठपोषण गर्न नभइ जनप्रतिनिधिको हैसियतले ऐक्यबद्धता जनाउन आएको स्पष्टिकरण दिए ।

‘मेराविरूद्ध नाराबाजी गर्ने वास्तविक पीडित होइनन् । उनीहरू राजनीतिक दलका कार्यकर्ताहरू हुन् । म एउटा जनप्रतिनिधिको हैसियतले पीडितको पक्षमा ऐक्यबद्धता जनाउन यहाँ आएको हुँ’, उनले स्पष्टिकरण दिए ।

धर्नामा राजनीतिक घुसपैट भएपछि वास्तविक पीडितहरू भने मर्कामा पर्ने देखिएका छन् ।