मिटर ब्याज पीडितको धर्नामा ‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरूद्ध भयो नाराबाजी
काठमाडौं । केही दिनदेखि राजधानीलाई केन्द्रित गरेर विरोध गरिरहेका मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन राप्रपाका सांसद ज्ञानेन्द्र शाही मंगलबार दिउँसो माइतीघरमा पुगेका थिए ।
तर शाहीमाथि पीडितहरूले नाराबाजी र होहल्ला गर्न थालेपछि उनी त्यहाँबाट बाहिरिएका थिए । धर्नामा बसेका केही पीडितहरूले शाही राजावादी र सामन्ती भएको आरोप लगाए ।
आफूविरूद्ध नाराबाजी भएपछि शाहीले आफू कुनै दलको पृष्ठपोषण गर्न नभइ जनप्रतिनिधिको हैसियतले ऐक्यबद्धता जनाउन आएको स्पष्टिकरण दिए ।
‘मेराविरूद्ध नाराबाजी गर्ने वास्तविक पीडित होइनन् । उनीहरू राजनीतिक दलका कार्यकर्ताहरू हुन् । म एउटा जनप्रतिनिधिको हैसियतले पीडितको पक्षमा ऐक्यबद्धता जनाउन यहाँ आएको हुँ’, उनले स्पष्टिकरण दिए ।
धर्नामा राजनीतिक घुसपैट भएपछि वास्तविक पीडितहरू भने मर्कामा पर्ने देखिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया