विराट गोल्डकप : एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा
मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा गएराति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया