बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले सत्तागठबन्धनको बैठक बसिरहेको छ ।
सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डा मिलाउन लगातार संवादमा रहेका नेताहरू यसलाई टुंग्याउन आज पनि बैठकमा बसेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रालय भागबण्डा र सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तागठबन्धनमा सामेल दलका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा एमाले, राप्रपालगायत दल सम्मिलित गठबन्धन बदलेर पुरानो गठबन्धन ब्युँताएका प्रचण्ड यसमा आबद्ध दललाई सहभागी गराएर आफू नेतृत्वको सरकारलाई पूर्णता दिन चाहिरहेका छन् । तर दलहरूबीच अझैसम्म मन्त्रालयको भागबण्डामा ठोस सहमति जुट्न सकेको छैन ।
ताजा अपडेट
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए
-
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो


प्रतिक्रिया