बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा अहिले सत्तागठबन्धनको बैठक बसिरहेको छ ।
सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डा मिलाउन लगातार संवादमा रहेका नेताहरू यसलाई टुंग्याउन आज पनि बैठकमा बसेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले मन्त्रालय भागबण्डा र सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तागठबन्धनमा सामेल दलका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा एमाले, राप्रपालगायत दल सम्मिलित गठबन्धन बदलेर पुरानो गठबन्धन ब्युँताएका प्रचण्ड यसमा आबद्ध दललाई सहभागी गराएर आफू नेतृत्वको सरकारलाई पूर्णता दिन चाहिरहेका छन् । तर दलहरूबीच अझैसम्म मन्त्रालयको भागबण्डामा ठोस सहमति जुट्न सकेको छैन ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया