मेयर बालेनलाई प्रधानमन्त्रीको जवाफ : ढुक्क हुनोस् पाँचै वर्ष मेरो सरकार टिक्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
बुधबारदेखि काठमाडौं महानगरपालिकाको आयोजनामा सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकर पुरै कार्यकाल टिक्ने दाबी गरेका हुन् ।
‘स्थानीय तहको निर्वाचन सम्पन्न भएदेखि संघ र प्रदेशको निर्वाचन भयो । त्यसपछि मेरै नेतृत्वमा सरकार छ । आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास मलाई छ ।’
सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि काम गर्न सजिलो हुने बताएका थिए । मेयर शाहको जवाफ फर्काउँदै उनले पाँच वर्षसम्म वर्तमान सरकारले नै निरन्तरता पाउनेमा ढुक्क हुन आग्रह गरे ।
राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको सत्ता समीकरण बदलिएपछि कांग्रेससँग साढे दुई वर्ष काम गर्ने गरी सहमति गरेका प्रचण्डले मंगलबार पाँचै वर्ष चलाउने खुलासा गरेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया