NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केही हप्ताभित्र गौतम बुद्ध क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या केही दिनमै समाधान हुने जिकिर गरेका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै उनले अबको एक÷दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान हुने जिकिर गरेका हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो सामान र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।

केही दिनअघि फाउन्डेसका अध्यक्ष सिताराम कट्टेल उर्फ धुर्मुसले उधारो सामान र ऋण तिर्न नसक्दा आफू डिप्रेसनमा गएको बताएका थिए । रकम अभावमा झण्डै डेढ वर्षदेखि रंगशालाको काम रोकिएको छ ।