NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

काठमाडौं नेपाल क्लियरिङ हाउसको सञ्चलाक समितिमा दुई सदस्य नियुक्त गरिएको छ । क्लियरिङ हाउसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।

१४ चैतमा बसेको एनसीएचएलको २०६ औं सञ्चलाक समितिको बैंठकबाट दुबैजनालाई सञ्चालकमा नियुक्त गरेको हो ।

एनसिएचएल नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित छ । बोर्डमा नेपाल राष्ट्र बैंकबाट ३, वाणिज्य बैंकबाट ३ र  विकास बैंक तथा वित्त कम्पनीबाट १/१ जना र स्वतन्त्र सञ्चालक रहेका छन् ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।