तनहुँ–१ मा रास्वपाको उम्मेदवार स्वर्णिम वाग्ले !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तनहुँ–१ मा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
बैशाक १० मा हुने उपनिर्वाचनमा तनहुँ–१ बाट रास्वपाको उम्मेदवार बनाउने विषयमा वाग्लेसँग सम्पर्कमा रहेको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।
‘तनहुँ–१ बाट उम्मेदवार बनाउने विषयमा उहाँसँग हामीले निरन्तर कुराकानी गरिरहेका छौं । उम्मेदवार बन्न उहाँ सकारात्मक हुनुहुन्छ । थप छलफल गरेपछि केहि दिनमा निर्णय लिनेछौं’, नेपालवाचसँग उनले भने ।
सोही क्षेत्रबाट निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्य रहेका उनलाई महामन्त्री गगन थापाले चितवन वा काठमाडौं–४ बाट उठ्न सुझाव दिएका थिए । तर उनलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले नमानेको आरोप छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया