यस्ता छन् लामखुट्टेबाट बच्ने प्राकृति उपाय
एजेन्सी । गर्मीयाममा लामखुट्को टोकाइ सबैको टाउको दुखाई बन्छ । गर्मी मौसम लामखुट्टे आउने मौसम पनि हो । त्यसैले गर्मीमा धेरै रोगसमेत लाग्ने गर्छ । गर्मीमा डेंगु, चिकुनगुनिया, मलेरिया, रिफ्ट भ्याली फिभरको जोखिम अत्यधिक हुन्छ ।
लामखुट्टे प्रायः अँध्यारो ठाउँमा लुकेर बस्छन् । जस्तै भित्ताको कुना, पर्दा पछाडि, सोफा मुनि, ओछयान आदि । यस्ता कुनामा लुकेर बसेको लामखुट्टे रातको समयमा अत्यधिक सक्रिय हुन्छन् । आममानिसहरू लामखुट्टेको टोकाइबाट बच्न मस्किटो लिक्विडको प्रयोग गर्छन् ।
तर यसमा हुने डाइथिलिन,माल्फोक्लिन र फस्फिन नामक रसायन अत्यधिक हानिकारक हुन्छ । यसले फाक्सोमा प्रत्यक्ष असर पार्छ । त्यसैले लिक्विडको विकल्पमा प्राकृतिक तरिका अपनाउँदा यसले स्वास्थ्मा पनि फाइदा पु-याउँछ ।
लामखुट्टे बाट कसरी बच्ने ?
१.सकेसम्म साँझमै घरको झयाल ढोका बन्द गर्ने
२.ढोकाको अगाडी एउटा कपुरा बाल्ने
३.घरको वरीपरी, ढोका र झयालमा तुलसी, पुदिना, मैरीगोल्ड, लैवेंडर, रोजमेरी, आदिका वास्नादार फूल लगाउने । जसले लामखुट्टे घरमा आउन पाउँदैन ।
४.घरभित्र सुन्तलाको बोक्राको धुलोलाई जलाउँदा पनि लामखुट्टे कम आउँछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया