तनहुँ र बारामा २६ दल दर्ता
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।
उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ ।
उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया