इलाम कारागारबाट थुनुवा फरार

मङ्गलबारे । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् ।
इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ ।बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ ।
गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनाका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिए ।
डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो । यस कारागारभित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया