NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार : को को भए मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जपा र नाउपालाई समेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट मन्त्री हुनेमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् सहमहामन्त्री डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । बाँकी चार मन्त्री शेखर समूहकाे असहयाेगका कारण सरकारमा गएका छैनन् । कम्तिमा तीन मन्त्रालय दाबी गर्दै आएकाे उक्त समूहले सम्मानजनक भागबण्डा नभए मन्त्रीकाे नाम नपठाउने अडान लिएकाे छ । तर दुइ मन्त्रालय दिन सभापति देउवा राजी भएका छन् ।

माओवादीबाट शक्ति बस्नेत उर्जा तथा जालस्रोत मन्त्री नियुक्त भएका छन् । यसअघि उपप्रधानमन्त्री तथा भैतिक पूर्वाधारमन्त्री भएका नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका छन् । रेखा शार्मा र अमनलाल मोदीलाई पुरानै मन्त्रालयको जिम्मेवारीमा निरन्तरता दिएको छ ।
त्यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष डा. बेदुराम भुसाल कृषि, पशुपन्छी तथा विकासमन्त्री भएका छन् । उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा योजनामन्त्री भएका छन् ।

जसपाबाट संघीय परिषदका अध्यक्ष अशोक राई शिक्षा मन्त्री भएका छन् भने एक जनाको नाम आउन बाँकी छ । यसैगरी नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारीमन्त्री भएकी छिन् ।

लोसपाबाट पूर्वरक्षामन्त्री शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महेन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन् ।