मकर जितुमाया सुरी हाइड्रोपावरको आजदेखि आइपीओ निष्काशन
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज आइतबार (चैत १९ गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । जसमध्ये ५ प्रतितशत (८० हजार कित्ता सामूहिक लगानी कोष) र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया