NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ पचास पैसा घटाएर पठाएको छ ।

निगमका अनुसार आईओसीले डिजेलको मूल्य सात रूपैयाँ  पैसा घटाएर पठाएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

त्यस्तै आईओसीले खान पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रूपैयाँ घटाएर पठाएको छ । आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।

हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।