भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ पचास पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य सात रूपैयाँ पैसा घटाएर पठाएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।
त्यस्तै आईओसीले खान पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रूपैयाँ घटाएर पठाएको छ । आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।
हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया