गीत बजाएपछि रेडियो स्टेशन बन्द
अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् ।
दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए ।
बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीतसङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया