त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतको दुर्घटनामा निधन

काठमाडौं । अध्यागमन अधिकृत भुपती पाण्डेको निधन भएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।
अर्घाखाँचीस्थित छवदेवी गाउँपालिकाका पाण्डेको बल्खु चोकमा सवारी दुर्घटना भएको हो । घर फर्किने क्रममा उनले सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।
निजकैकाे बयाेधा अस्पताल पुर्याउने वित्तिकै उनलाई मृत घोषणा गरिएको हो ।
प्रतिक्रिया