NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शिशुलाई ग्यासको समस्या छ ? यस्तो छ ठिक पार्ने तरिका

एजेन्सी । वयस्क व्यक्तिभन्दा शिशुलाई भिन्न तरिकाको स्याहार चाहिन्छ । उनीहरुले आफ्नो कुरा बोलेर व्यक्त गर्न नसक्ने हुँदा अभिभावकले शिशुको गतिविधिको आधारमै उनीहरुलाई आवश्यक परेको कुरा पूरा गर्नुपर्छ । त्यसैले शिशु हुर्काउनु त्यतिकै चुनौतीपूर्ण छ ।

कहिलेकाही शिशु अत्यधिक रुन्छ । अभिभावक उनीहरुको कुरा बुझन नसक्दा आफै चिन्तामा पर्छन् । यस्तो हुँदा शिशुको आवश्यकता के हो भनेर बुझ्न र समस्याको हल गर्न पनि कठिन हुन्छ । यीनै समस्यामध्ये शिशुलाई अत्यधिक समस्या हुने कारणमध्ये एक ग्यासको पनि हो । प्राय शिशुलाई ग्यासको समस्या भइरहन्छ । उनीहरुले खाएको खानाको सन्तुलन नमिल्दा वा आहारलाई पचाउन नसक्दा उनीहरुमा ग्यासको समस्या देखिन्छ ।

के गर्ने ?

शिशुलाई ग्यासको समस्या भएको थाहा पाएपछि उनीहरुलाई जति सक्दो सहज गराउनु तर्फ लाग्नु पर्छ । यदि शिशुलाई ग्यासको समस्या भएको हो भने उनीहरुको नाभीमा हिंगको पेस्ट बनाएर लगाइदिदा हुन्छ । यसले उनीहरुको ग्यास बाहिर ल्याउन मद्त मिल्छ ।
ग्यासको समस्या भएमा मालिस पनि एक उपयुक्त तरिका हो ।

पेटमा ग्यास भरिदा उनीहरुलाई पेट दुख्छ । त्यसैले पेटमा हल्का मालिस गर्दा पनि ग्यासको समस्या ठिक हुन्छ । कहिलेकाही दूध खुवाउने तरिका नमिलेर पनि उनीहरूको पेटमा समस्या आउन सक्छ । शिशुलाई दूध खुवाउँदा उसको टाउको पेटदेखि थोरै माथि राखेर खुवाउनुपर्छ । यसो गर्दा उनीहरूले सहजै दूध खान सक्छन् ।

पेटलाई आगो वा हिटरको तापमा सेकाउँदा पनि यो समस्याबाट राहत मिल्छ । थोरै तेलले उसको पेटमा आरामदायि मसाजसहित सेकाउँदा उसले सहज महसुस गर्छ ।