शिशुलाई ग्यासको समस्या छ ? यस्तो छ ठिक पार्ने तरिका
एजेन्सी । वयस्क व्यक्तिभन्दा शिशुलाई भिन्न तरिकाको स्याहार चाहिन्छ । उनीहरुले आफ्नो कुरा बोलेर व्यक्त गर्न नसक्ने हुँदा अभिभावकले शिशुको गतिविधिको आधारमै उनीहरुलाई आवश्यक परेको कुरा पूरा गर्नुपर्छ । त्यसैले शिशु हुर्काउनु त्यतिकै चुनौतीपूर्ण छ ।
कहिलेकाही शिशु अत्यधिक रुन्छ । अभिभावक उनीहरुको कुरा बुझन नसक्दा आफै चिन्तामा पर्छन् । यस्तो हुँदा शिशुको आवश्यकता के हो भनेर बुझ्न र समस्याको हल गर्न पनि कठिन हुन्छ । यीनै समस्यामध्ये शिशुलाई अत्यधिक समस्या हुने कारणमध्ये एक ग्यासको पनि हो । प्राय शिशुलाई ग्यासको समस्या भइरहन्छ । उनीहरुले खाएको खानाको सन्तुलन नमिल्दा वा आहारलाई पचाउन नसक्दा उनीहरुमा ग्यासको समस्या देखिन्छ ।
के गर्ने ?
शिशुलाई ग्यासको समस्या भएको थाहा पाएपछि उनीहरुलाई जति सक्दो सहज गराउनु तर्फ लाग्नु पर्छ । यदि शिशुलाई ग्यासको समस्या भएको हो भने उनीहरुको नाभीमा हिंगको पेस्ट बनाएर लगाइदिदा हुन्छ । यसले उनीहरुको ग्यास बाहिर ल्याउन मद्त मिल्छ ।
ग्यासको समस्या भएमा मालिस पनि एक उपयुक्त तरिका हो ।
पेटमा ग्यास भरिदा उनीहरुलाई पेट दुख्छ । त्यसैले पेटमा हल्का मालिस गर्दा पनि ग्यासको समस्या ठिक हुन्छ । कहिलेकाही दूध खुवाउने तरिका नमिलेर पनि उनीहरूको पेटमा समस्या आउन सक्छ । शिशुलाई दूध खुवाउँदा उसको टाउको पेटदेखि थोरै माथि राखेर खुवाउनुपर्छ । यसो गर्दा उनीहरूले सहजै दूध खान सक्छन् ।
पेटलाई आगो वा हिटरको तापमा सेकाउँदा पनि यो समस्याबाट राहत मिल्छ । थोरै तेलले उसको पेटमा आरामदायि मसाजसहित सेकाउँदा उसले सहज महसुस गर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया