NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

उपनिर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं । यही वैशाख १० मा हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता आज हुँदैछ ।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको जनाएको छ । आयोगका अनुसार, उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत २३ गते हुनेछ ।

सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि चितवन–२, रामचन्द्र पौडेल राष्ट्रपतिमा विजय भएपछि तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिनिधिसभाको बारा–२ निर्वाचन क्षेत्र रिक्त छन् ।

चितवन २ मा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार बन्ने भएका छन् । तनहुँ १ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेले उम्मेदवारी दिने भएका छन् । बारा २ मा सत्तारूढ गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्दै छन् । कांग्रेसले भने यहाँ उम्मेदवारी दिने, नदिने सम्बन्धमा कुनै निर्णय लिएको छैन । आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे छलफल गरेर निर्णय लिने कांग्रेसको तयारी छ ।

कुनै पनि कारणले प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्र रिक्त हुन गएको खण्डमा त्यहाँ उपनिर्वाचन गरेर पुनः जनप्रतिनिधि चयन गर्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार, चितवन २, तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते निर्वाचन हुन लागेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष