NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चितवन–२ मा रविको दोस्रो परिक्षण सुरू, उम्मेदवारी दर्ता गराए

काठमाडौं । चितवन– २ को प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दोस्रोपटक उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि मंसिरमा भएको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेपछि पदमुक्त भएका हुन् । चितवनमा उम्मेदवारी दर्ता गरेपछि उनी दिउँसो तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेको मनोनयन दर्ताका लागि त्यसतर्फ जाँदैछन् ।