जर्मन अस्पतालमा आगलागी, बिरामीसहित चार जना घाइते
बर्लिन । बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन् । लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए ।
भवनभरी धुवाँ फैलिएपछि ४० जनालाई सुरक्षित स्थानमा सारिएको थियो । प्रहरीका अनुसार मध्यरातमा ४८ वर्षीय एक व्यक्तिले अस्पतालका दुई शैयामा आगजनी गरेपछि आगलागी सुरु भएको देखिन्छ । आक्रमणमा सम्लग्न उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया