रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार पाँचजना चिनियाँ पर्यटक मितेरीबाट केरूङतर्फ गएका छन् ।
यसैगरी केरूङ घुम्नका लागि शनिबार र आइतबारमा एक सय छजना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सिमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरूङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ ।
करिब पाँच सय छ जनाले नवीकरण गराइसकेका र नवीकरणका लागि दैनिक ठूलो सङ्ख्यामा रसुवाबासी अध्यागमन कार्यालय पुग्ने गरेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक खेमराज खड्काले बताए । केरूङमा हाललाई मालबाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र भएका रसुवावासीले मात्र जान पाउने बताइएको छ ।
केरूङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ छ । साथै सिमाक्षेत्रका चिनियाँ अधिकारीले गरेको आग्रहलाई स्वीकार्दै सीमाक्षेत्रमा रहेको हेल्थडेक्समार्फत तीन सय ६४ जनाको एजेटिजेन परीक्षण गरिएको छ । परीक्षणबाट पोजेटिभ भेटिएका तीन जनालाई होम आइसोलेसन पठाइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया