NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?

काठमाडौं । पछिल्लो केही समयदेखि कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको छ । माघ फागुनमा स्थिति पूर्णतया नियन्त्रणमा आएको देखिए पनि चैत लागेपछि कोरोनाले निकै गति लिएको छ ।

चैत ४ र ५ गते दुईजनामा देखिएको कोरोना संक्रमण चैत ९ सम्म पुग्दा १७ जनामा दखिएको थियो । त्यस्तै, चैत १३ मा ६९ जनामा पुष्टि भएको संक्रमण १६ मा आउँदा ४२ मा पुगको मन्त्रालयको तथ्यांक छ । यो संख्या गत चैत १७ मा भने उच्च रूपमा बढेको थियो । त्यस दिन कोरोनाबाट थप १४२ जना संक्रमित भएका थिए । यसैगरी चैत १८ मा ३८ जनामा कोरोना देखियो भने २० चैतमा ७६ जनामा कोरोना देखिएको थियो ।

छिमेकी मुलुक भारतमा कोरोनाको दर बढेसँगै नेपालमा पनि यसका संक्रमित बढ्न थालेका हुन्। संक्रमणदर उकालो लागेसँगै  स्वास्थ्य मन्त्रालयले सूचना जारी गदै सावधानी अपनाउन तथा कोरोनाको लक्षण देखिए आइसोलेसनमा बस्न आग्रह गर्दै आइरहेको छ । भारतमा तिव्र रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि पहिलो पटक देखा परेको हो । विश्व स्वास्थ्य संगठनले प्रयोगशाला अध्ययनलाई उद्धृत गदै एक्सविवि १.१६ मा छिटो फैलन सक्ने क्षमता भएको बताएको छ ।

अन्य सब भेरियन्ट जस्तै यसको लक्षणमा पनि कुनै खास परिवर्तन भने आएको छैन् । यसअघि देखिएका कोरोनाका लक्षण यसमा पनि देखिएको स्वास्थ्य विद्हरु बताउँछन् । ज्वरो आउने, नाक बन्द हुने, घाँटी दुख्ने तथा टाउको दुख्ने शरीर तथा जोर्नी दुख्ने, थकान महसुस हुने आदि लक्षण यसमा देखापर्छ । नयाँ भेरियन्टमा स्वाद हराउने तथा गन्ध थाहा नपाउने जस्ता गम्भीर लक्षण भने अहिले देखापरिसकेको छैन् ।

नेपालमा पनि अझै कोरोना नियन्त्रणमा नआइसकेको बताउँदै स्वास्थ्य मन्त्रालयले खोप तथा जनस्वास्थ्यको मापदण्ड अपनाउन सुझाउँदै आएको छ । मन्त्रालयले कोरोनबाट बच्न भीडभाड हुने ठाउँमा नजान, मास्कको प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न, कोरोनको खोप लगाउन, सामाजिक दुरी पालना गर्न तथा लक्षण देखिए आइसोलेसनमा बस्न आग्रह गरेको छ ।