NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

महालक्ष्मी विकास बैंकका ग्राहकले यी संस्थाहरूमा पाउनेछन् विशेष छुट

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रेट Meraki Holistic Wellness Retreat का सेवाहरुमा अधिकतम १५ प्रतिशत, जावलाखेल, ललितपुरमा अवस्थित Burger Shack का सेवाहरुमा अधिकतम १० प्रतिशत, बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित Samriddhi Hair Dressing Saloon & Academy का सेवाहरुमा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित Chhotu Unisex Saloon Pvt. Ltd.का सेवाहरुमा २० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको