उपसचिव र अधिकृतलाइ व्यक्तिगत विवरण अध्यावधिक गर्न किताबखानाको निर्देशन
काठमाण्डौं । राष्ट्रिय कितावखाना निजामतीले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरूलाई एक महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा वढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको महानिर्देशक डा टोकराज पाण्डेले वताए । उनका अनुसार निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था वमोजिम यस्तो निर्णय गरिएको हो ।
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकेले यस्तो सूचना जारी भएको हो ।
विवरण अद्यावधिक गर्न कितावखानाको वेभसाइटमा रहेको इमेल मार्फत वा स्वयं कागजातसहित पुल्चोकस्थित कार्यालयमा गई विवरण अवधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारीहरू कार्यरत छन् ।
यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरीसकेको छ । संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तीगत विवरण अधावधिक गर्न लाग्नुलाइ महत्वपूर्ण कामका रूपमा हेरिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया