NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बीमा गरेपछि दाबी भुक्तानी अवश्य पाइन्छ : अध्यक्ष सिलवाल

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइने अभिव्यक्ति दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ ।’

अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको उल्लेख गरे । उनले भने, ‘बीमा कम्पनीको पूँजी वृद्धिको निर्णयबाट बीमा कम्पनीहरू सबल भएका छन् । बीमा गरेपछि दाबी दिनैपर्छ । बीमा दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्याङ्कन हुन्छ ।’

‘मधेश प्रदेशमा अझै पनि बीमाको पहुँच न्यून छ । करोडौंका सडक, पुल, भवन बनेका छन्, तर तिनको बीमा भएको छैन । अब तिनको समेत बीमा गरेर जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुप-यो । बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुप¥यो,’ अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुप-यो, बीमा दाबीका लागि सिफारिश गर्दा वडा कार्यालयहरूले पनि बीमा दाबी गर्ने व्यक्तिका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश गर्नुप¥यो । स्थानीय सरकारले विपन्न बर्गको बीमा गरिदिनुप-यो, सबै नागरिकको दुर्घटना बीमा गर्नुप-यो, यसबाट जनप्रतिनिधिहरूको लोकप्रियता अझ बढ्छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन र बीमा गर्नका लागि गाउँ गाउँमा जान बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको जानकारी दिए ।

नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बीमा दाबीका लागि सिफारिश गर्दा यथार्थ बुझेर मात्र सिफारिश गर्न र विचौलियाहरू माथि निगरानी बढाउन वडा कार्यालयहरूसँग आग्रह गरे ।