NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारतीय पूर्वक्रिकेटर नायक रहेनन्

काठमाडौं । भारतीय पूर्व ओपनर तथा मुम्बईका सन् १९७०–७१ को रणजी ट्रफी विजेता कप्तान सुधीर नायकको निधन भएको छ । ७८ वर्षीय नायकको बुधबार मुम्बईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दादरस्थित आफ्नै निवासमा बेहोस भएर ढलेपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बुधबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नायकले भारतका लागि ३ टेस्ट र २ एकदिवसीय खेलेका थिए । उनले टेष्टमा एक अर्धशतकसहित १४१ रन बनाएका थिए ।

खेल करिअर दौरान उनले प्रथम श्रेणीका ८५ खेल खेलेका थिए जसमा ७ शतक र २७ अर्धशतकसहित ४ हजार ३७६ रन बनाएका थिए ।

क्रिकेटबाट सन्यासपछि पनि उनी यही क्षेत्रमा सक्रिय रहे। उनले क्रिकेट प्रशासन, प्रशिक्षणको कामलाई खेल करिअरबाट बिदा लिएपछि निरन्तरता दिए ।