भारतीय पूर्वक्रिकेटर नायक रहेनन्
काठमाडौं । भारतीय पूर्व ओपनर तथा मुम्बईका सन् १९७०–७१ को रणजी ट्रफी विजेता कप्तान सुधीर नायकको निधन भएको छ । ७८ वर्षीय नायकको बुधबार मुम्बईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दादरस्थित आफ्नै निवासमा बेहोस भएर ढलेपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बुधबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नायकले भारतका लागि ३ टेस्ट र २ एकदिवसीय खेलेका थिए । उनले टेष्टमा एक अर्धशतकसहित १४१ रन बनाएका थिए ।
खेल करिअर दौरान उनले प्रथम श्रेणीका ८५ खेल खेलेका थिए जसमा ७ शतक र २७ अर्धशतकसहित ४ हजार ३७६ रन बनाएका थिए ।
क्रिकेटबाट सन्यासपछि पनि उनी यही क्षेत्रमा सक्रिय रहे। उनले क्रिकेट प्रशासन, प्रशिक्षणको कामलाई खेल करिअरबाट बिदा लिएपछि निरन्तरता दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया