वेस्ट ह्यामको पोस्ट्मा न्युकासलको पाँच गोल
काठमाडौं । न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई ५–१ को फराकिलो अन्तरमा पराजित गरेको छ । इग्लिस प्रिमियर लिगको गएराति सम्पन्न खेलमा न्यूकासलले बेस्ट ह्याममाथि फराकिलो जित निकालेको हो ।
न्युकासलको जितमा कलम विल्सन र जोलिटनले समान दुई–दुई र एलेक्जान्डर इस्कले एक गोल गरे ।
यो जितसँगै न्युकासल ५३ अंकका साथ तेसे स्थानमा रहन सफल भएको छ भने वेस्ट ह्याम २७ अंकमा १६ औं स्थानमा छ ।
गएराति नै सम्पन्न अर्को खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई १–० ले हरायो । युनाइटेडका लागि मार्कस रसफोर्डले निर्णायक गोल गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया