आइपिएलमा पञ्जाबको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाव किंग्सले ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ रनले हराएको हो ।
पहिले ब्याटिङ सम्हालेको पञ्जावले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्यले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्रै जोड्न सक्यो ।
राजस्थानका कप्तान सन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाउँदा शिम्रन हेटमायरले ३६, ध्रुव जुरेलले ३२, देवदत्त पाडिक्कल २१ र रियान परागले २० रनको योगदान दिए ।
यसक्रममा पन्जाबका नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट र अर्शदीप सिंहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।
पन्जाबका लागि कप्तान शिखर धवन र प्रभसिमरन सिंहले अर्धशतकीय इनिङ खेले । कप्तान धवनले ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रन जोडे ।
सिंहले ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रन जोडे भने पहिलो विकेटका लागि धवन र सिंहले ९० रनको साझेदारी गरे । जितेश शर्मा २७ र शारुख खान ११ रनमा आउट भए । राजस्थान रोयल्सका जेसन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १–१ विकेट झारे ।
पञ्जावको यो लगातार दोस्रो जित हो । योसँगै पञ्जाब ४ अंकका साथ दोस्रो स्थानमा छ भने राजस्थान २ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया