आजदेखि भूगोल इनर्जीको आइपिओ निष्काशन
काठमडाैं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आज (चैत २३) देखि आइपिओ निष्काशन गरेको छ ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गर्न लागेको हो। यसमा १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्
सर्वसाधारणले सो आइपिओमा चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया