आजदेखि भूगोल इनर्जीको आइपिओ निष्काशन
काठमडाैं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आज (चैत २३) देखि आइपिओ निष्काशन गरेको छ ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गर्न लागेको हो। यसमा १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्
सर्वसाधारणले सो आइपिओमा चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया