NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एनआईसी एशिया क्यापिटलको मोबाइल एप सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। ‘अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ आफ्नो ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एप संचालनमा ल्याईएको क्यापिटलले जनाएको छ ।

क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले एपबाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । एपबाट व्यवस्थित लगानी योजना (एसआईपी) मा आवद्द हुन तथा लगानी गर्न, अनलाइनबाट डिम्याट खाता र मेरोशेयर खाता खोल्न, पोर्टफोलियो व्यवस्थापन सेवा (पीएमएस) मा सहभागी हुन सकिने लगायतका सेवा प्राप्त गर्न सकिने जनाएको छ ।

विशेषताहरू

  • एसआईपी रजिष्टेसन तथा एसआईपी इन्सटलमेन्ट गर्न सकिने
  • म्युचुअल फण्डहरुको न्याभ हेर्न सकिने
  • अनलाइन डिम्याट अकाउन्ट मेरो सेयर अकाउन्ट खोल्न मिल्ने
  • डिम्याट तथा मेरोशेयर नवीकरण गर्न मिल्ने
  • पीएमएस लगइन गर्न मिल्ने
  • पीएमएसमा लगइन गरि आफ्नो लगानीको अध्यावधिक गर्न मिल्ने
  • डिम्याट  अकाउन्टमा भएका विवरणहरू अध्यावधिक गर्न मिल्ने
  • मेरोशेयरको पासवर्ड तथा पिन परिवर्तनको लागि आग्रह गर्न सक्ने
  • अनकलेक्टिट डिभिडेन्ड, डिअएरएन स्टाटसलगायतका विवरण हेर्न मिल्ने
  • आइपीओ बाँडफाँडको विवरण हेर्न सकिने
  • रिसर्च रिपोर्ट स्टक मार्केट रिलेटिट समाचर, मार्केट समरीजस्ता विवरणको नोटिफिकेसन प्राप्त गर्न सकिने

साथै क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुको सम्बन्धमा बिस्तृत जानकारी तथा नयाँ अफरसम्बन्धी सूचना पनि एपमा प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । मोबाइल एप एण्ड्रोइड र एप स्टोरमा एप उपलब्ध रहेको छ ।