आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा
मन्ट्रियल । क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधी विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।
असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् । बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ ।
आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिदा विद्युत् आपूर्तिमा समस्या भएको छ ।
सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो । यद्यपि उनीहरूले थप सतकर्म रहन आग्रह गरेका थिए । नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेवित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया