आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा
मन्ट्रियल । क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधी विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।
असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन् । बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ ।
आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिदा विद्युत् आपूर्तिमा समस्या भएको छ ।
सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो । यद्यपि उनीहरूले थप सतकर्म रहन आग्रह गरेका थिए । नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेवित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया